कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुणकुमार चौधरी कारागारबाट रिहा भएका छन् ।
नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए ।
टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले बाँकी कैद मिनाह गरिदिए पछि उनी रिहा भएका हुन्।
उनको रिहाईका लागि कैलाली जिल्ला प्रशासन कार्यालयले आवश्यक कानुनी प्रक्रिया गरि रिहा गरेको हो ।
उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठसहित पार्टीका अन्य नेता, कार्यकर्ता र शुभेच्छुक कारागार पुगेर उनलाई अबीर र खादा लगाइदिएका थिए ।