काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरमा वृद्धि भएको छ यता युरोपियन युरोको भाउ भने घटेको छ।
आज डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा थियो। यो मूल्य अघिल्लो कारोबारको मूल्य भन्दा १८ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ६६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ३० पैसामा कारोबार हुनेछ यो मूल्य अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा एक रुपैयाँले घटेको छ । शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४० पैसा र बिक्रीमा १४२ रूपैयाँ ४ पैसा कायम गरिएको थियो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५८ रूपैयाँ ६२ पैसा तोकिएको छ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ २३ पैसा र बिक्रीमा ९० रूपैयाँ ६४ पैसा तोकिएको छ। अघिल्लो कारोबार भन्दा ९३ पैसाले अष्ट्रेलियन डलर घटेको छ। शुक्रबार यसको खरिदमूल्य ९१ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ९१ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३३ पैसामा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रूपैयाँ ८४ पैसा र बिक्रीमा २९ रूपैयाँ ९७ पैसामा कारोबार हुनेछ ।
कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १० पैसा, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४४ पैसा तोकिएको छ।