मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी पन्तले पाए “हाई एचेभिङ म्यानेजर अवार्ड २०२२” अवार्ड

आइतबार, माघ २९ २०७९

काठमाडौँ – एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले “हाई एचेभिङ म्यानेजर अवार्ड २०२२” प्राप्त गर्न सफल भएका छन् ।

कम्पनीको कुशल कार्यगत क्षमता र एवं कम्पनीको सवल वित्तीय अवस्थालाई ध्यानमा राखेर नेपाल व्यवस्थापन संघ अर्थात म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल (म्यान)ले पन्तलाई उक्त अवार्ड प्रदान गरेको हो।

अवार्ड प्राप्त गर्नको लागि प्रत्यक्ष तथा अप्रतक्ष्यरुपमा सहयोग गर्नुहुने सबै व्यक्ति, निकाय तथा कर्मचारीहरुलाई कम्पनीले धन्यवाद दिएको छ । अवार्डको लागि योग्य सम्झेकोमा म्यानलाई धन्यबाद दिंदै यो अवार्डले कम्पनीलाई झन जिम्बेवारी बढेको अनुभव भएको र आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।