काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक बिहान ११ः५९ बजे शुरु हुनेछ ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ ।
उक्त प्रश्तावमा देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्ने, राष्ट्रिय सभा अध्यक्षले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव निर्णयार्थ प्रश्तुत गरिने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधयान व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन मूल्यांकन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ ।
यसरी नै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक,२०७७ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने र सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यतालिका छ ।
यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने छिन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यतालिका छ ।