बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेकपा एसको केन्द्रिय कमिटी बैठक आज पनि बस्दै

आइतबार, माघ २२ २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।

काठमाडौमा सुरु भएको सो पार्टीको केन्द्रिय कमिटि बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए । 

अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने क्रम जारी छ ।

प्रतिवेदनमा सरकारको कार्यशैली मूल्याङ्कन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसद्मा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण तथा गरिएको छ ।

 प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बसेको बैठकमा विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका ती समूहका निष्कर्ष भोलिको बैठकमा प्रस्तुत गरिनेछ ।

 सङ्गठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग र मार्चा सङ्गठनलाई निर्धारित समय सीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा भोलि छलफल गरिनेछ ।

बैठक आजसम्म पनि चल्नेछ ।