बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आजबाट सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने

शुक्रबार, माघ २० २०७९

काठमाडौं । नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

हिजोदेखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए । तर, बिहिवार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका एक कर्मचारीले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवत आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । 

नेपालले आगामी महिना आईसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।