काठमाडौं- धनुषाकोनगराईन नगरपालिका–३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री महोत्तरी एकडारा गाउँपालिका–३ बस्ने ४० वर्षीया फुलकुमारी देवी साहको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल हुँदै न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
बर्दियाको बासगढी नगरपालिका–५ खनालचोकस्थित सडकमा भे.४ प ५१७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक बाँके बैजनाथ गाउँपालिका–२ बस्ने ५६ वर्षीय भागीराम थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।