काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ ।
मंगलवार पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ ।
नाबालिकालाई बलात्कार गरेको आरोप खेपेका क्रिकेटर सन्दीप लामिछाने पुस २९ गते थुनामुक्त भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।