बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

सोमबार, माघ १६ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)  र  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।

थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले संघीय सरकारको साथ खोज्दै आएका छन् ।

यसैबीच उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको हुनुसक्ने अनुमान गरिएको छ । रवि लामिछाने गृहमन्त्री हुँदा पनि यसअघि सहयोग गर्न आग्रह गर्दै आएका थिए ।