वित्तीय क्षेत्रमा देखिएको समस्यालाई कसरी लिुन भएको छ रु
अहिले वित्तीय प्रणालीमा केही समस्या रहेको छ । तर यो समस्या तरलता अभावको होइन । अहिलेको मूल समस्या भनेको सीसीडी रेसियोको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म सबै सम्भवतः सबैजसो बैंकहरुको सीसीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र नै रहेको छ । तर पछिल्लो समय यसमा केही तलमाथि भएको छ ।माछापुच्छ्रे बैंक कुरा गर्दा पनि हामी पुस मसान्तसम्म राष्ट्र बैंकले तोकेको सीसीडी रेसियोकै सीमाभित्र रहेका थियौँ । तर अहिले यो रेसियो केही बढेको छ । बैंकिङ च्यानलमा नयाँ डिपोजिट आउनसकेको छैन । यसले गर्र्दा पनि अहिले बैंकहरुमा लगानीयोग्य रकमको केही अभाव देखिएको छ । तर यो अभावलाई धेरै समयसम्म कायम राख्नुहुँदैन ।
बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुनुको मूल कारण के हो ?
यसको मूल कारण भनेको सरकारी खर्चमा कमी आउनुु हो । अहिले पनि सरकारले दुई सय अर्बभन्दा बढी रकम आफ्नो ढुकुटीमा राखेको छ । यो रकमलाई बाहिर निकाल्नुपर्छ । विकास र पूर्वाधार विस्तारमा खर्च गर्नपुर्छ । यो रकम खर्च हुनसकेको खण्डमा मात्र वित्तीय प्रणालीमा पैसा आउँछ । बैंकहरुले पनि मागअनुरुप कर्जा प्रवाह गर्नसक्छन् ।
अहिले बैंकिङ क्षेत्रमा निक्षेप तान्न ब्याज बढाउने होडबाजी चलेको छ नि ?
हरेक कुराको सीमा हुन्छ । निश्चित विन्दुसम्म ब्याजदर बढ्नुपर्छ । तर अहिले निकै उच्चरुपमा निक्षेपको ब्याजदर बढेको छ । यो दीर्घकालीनरुपमा राम्रो होइन । राष्ट्र बैंकले पनि निक्षेपको ब्याज बढाउन आग्रह गर्दै आएको छ । तर यो ब्याज कुन हदसम्म बढाउने, बजारले थेग्नसक्छ, सक्दैन त्यो पनि हेर्नुपर्छ । निक्षेपको ब्याज बढ्नुु भनेको कर्जाको ब्याज पनि स्वतः बढ्नु हो । यो अवस्थामा उद्योगी÷व्यवसायीहरुले धान्नै नसक्ने गरी कर्जाको ब्याज बढ्यो भने वित्तीय प्रणालीको लागि त्यो अर्को खतरा हुनसक्छ । त्यसकारण अहिले बजारको आवश्यकता हेरेर ब्याज बढाउनुपर्छ । निक्षेप तान्ने होडमा, व्यवसायीले धान्न नसक्ने गरी ब्याज बढाउनुहुँदैन ।
राष्ट्र बैंकले अहिले रियलस्टेट, मार्जिन लेण्डिङ, हायर पर्चेज क्षेत्रतर्फको कर्जामा गरेको कडाइलाई कुुन रुपमा लिनुभएको छ ?
यदि बैंकहरुले राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरे अथवा कुनै पनि क्षेत्रमा तोकेको न्यूनतम सीमाभन्दा बढी कर्जा प्रवाह गरे भने कारबाही गर्नुपर्छ, त्यसमा सबै बैंकरहरु एकमत रहेका छन् । मलाई लाग्दैन, बैंकहरुले राष्ट्र बैंकले तोकेभन्दा बढी अनुपातमा कुनै पनि क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले अहिले उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउने निर्देशन दिइरहेको छ । तर यसमा घरजग्गामा प्रवाह भएको कर्जालाई कुन हदसम्म अनुत्पादक कर्जा भन्ने, हायर पर्चेजमा गएको कर्जालाई कुन हदसम्म अनुत्पादक भन्ने, यसमा केही प्राविधिक जटिलताहरु रहेका छन् । अहिले बैंकहरुले राष्ट्र बैंकले भनेजस्तो, कृषि, ऊर्जा, पर्यटन, विपन्न वर्गलगायत सबै क्षेत्रमा कर्जा प्रवाह गरिरहेका छन् । बैंकहरुले कर्जा प्रवाह गर्दा बजारको टे«ण्ड अर्थात् ग्राहकको मागलाई पनि हेर्नुुपर्ने हुुन्छ । यस अर्थमा अनुत्पादक क्षेत्रतर्फ कर्जा बढी भयो भन्नु केही हदसम्म न्यायोचित नहुन पनि सक्छ ।
राष्ट्र बैंककै भनाइलाई आधार मानौँ न ! किन अनुुत्पादक क्षेत्रमा अपेक्षाकृतरुपमा बढी कर्जा प्रवाह भयो ?
यसको मूल कारण भनेको पुँजी वृद्धि नै हो । हामीले पुँजी वृद्धि गर्दा बजारलाई पनि हेर्नुपथ्र्यो । बजारको आवश्यकताभन्दा माथि गएर हामीले पुँजी वृद्धि ग¥यो । तर पुँजी वृद्धि गरेअनुरुप बजार बढ्नसकेन । त्यहीकारण पनि बैंकहरुले केही हदसम्म बजारको मागअनुरुप जुन क्षेत्रमा कर्जाको माग बढी हुन्छ, जुन क्षेत्रतर्फको कर्जा सुरक्षित हुन्छ, त्यही क्षेत्रमा कर्जा प्रवाह गर्नथाले । यहीकारण पनि हायर पर्चेज, मार्जिन लेण्डिङमा, व्यक्तिगत आवासमा केही हदसम्म कर्जा गएको हुनसक्छ । तर पनि राष्ट्र बैंकले तोकिदिएको न्यूनतम सीमाभन्दा माथि गएर कुनै पनि बैंकहरुले कर्जा प्रवाह गरेजस्तो मलाई लाग्दैन ।
माछापुच्छ्रे बैंकले प्रवाह गरेको उत्पादनमूलक क्षेत्रतर्फको कर्जाबारे के भन्नुहुन्छ ?
अहिले हामीले कुल कर्जाको २५ प्रतिशतभन्दा बढी रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छौँ । कृषि र ऊर्जामा मात्र हाम्रो १५ प्रतिशतभन्दा बढी कर्जा लगानी रहेको छ । अहिले हाम्रो बैंकले मात्र विभिन्न उत्पादन क्षमताका २५ वटाभन्दा बढी जलविद्युत् आयोजनाहरुमा कर्जा लगानी गरिसकेको छ । यसबाहेक हामीले नयाँ छवटा जलविद्युत् आयोजनाहरुका कर्जा लगानी गर्ने प्रतिबद्धता समेत गरिसकेका छौँ । विपिन्न वर्गमा कर्जा बढाउनको लागि पनि हामीले ठोस रणनीति अवलम्बन गरिसकेका छौँ । हाम्रा कुल शाखा संख्याहरुमध्ये २९ वटा शाखाले प्रत्यक्षरुपमा विपन्न वर्गमा कर्जा प्रवाह गर्नसक्ने देखिएको छ । सोही आधारमा बैंकले विपन्न वर्गमा राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रहेर कर्जा प्रवाह गर्दै छ ।
आठ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी बढाउने विषयमा के भन्नुहुन्छ ?
जहाँसम्म माछापुच्छ्रे बैंकको कुरा छ । हामीलाई आठ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गर्न खासै समस्या छैन । अहिले नै बैंकको चुक्ता पुँजी चार अर्ब ६६ करोड ६४ लाख ३० हजार रुपैयाँ रहेको छ । त्यसपछि ५० प्रतिशत हकप्रद सेयर, आगामी आर्थिक वर्षको नाफाबाट वितरण गर्ने बोनस सेयर र त्यसपछि पनि हामी हकप्रद सेयर जारी गर्छौँ । जुन कुरा हाम्रो पुँजी वृद्धि योजनामा पनि रहेको छ । यसरी बोनस तथा हकप्रद सेयर जारी गरेकै आधारमा बैंकको चुक्ता पुँजी सात अर्ब ४० करोड रुपैयाँको हाराहारीमा पुग्छ । यसबाहेक हामीले मर्जर तथा एक्विजिसनलाई पनि प्राथमिकतामा राखेका छौँ । सम्भवतः हामी दुईवटा फाइनान्स वा दुईवटा विकास बैंकलाई मर्जर वा एक्विजिसन पनि गर्नसक्छौं । त्यसतर्फ पनि हामीले सोच बनाएका छौं ।
बैंकका दीर्घकालीन लक्ष्यहरु के रहेका छन् ?
अहिले बैंकिङ क्षेत्रमा निकै प्रतिस्पर्धा बढेको छ । यो प्रतिस्पर्धामा बैंकको स्थानलाई अझ मजबुत बनाउने योजनामा हामी रहेका छौँ । अन्य बैंकहरुले जस्तो अबको पाँच वर्षमा हामी बैंकलाई टप १० वटा बैंकहरुभित्र पार्छौ भन्नेजस्तो तर्क गर्ने पक्षमा म छैन । तर हामि सबैरुपमा सबल र सक्षम हुनेछौँ ।