बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

शान्ती र प्रिन्सको अभिनयमा ‘रिसाउ बरु सहन्छु’ सार्वजनिक

आइतबार, पुष २४ २०७९

काठमाडौं- प्रेमिल शैलीको  ’रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा लोकप्रिय  गायक तथा संगीतकार शंकर थापा ’स्माइल’ र अमेरिका निवासी गायिका शान्ती गजमेर सुनारको युगल स्वर सुन्न सकिन्छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यसमा शब्द नवराज भुमरी आचार्यको रहेको छ भने संगीत स्वयम् गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ को रहेको छ । यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायिका  शान्ती गजमेर सुनार र प्रिन्स बिश्वकर्मा फिचर्ड छन् । कालिञ्चोक वरपरका रमणीय दृश्य समेटिएको भिडियोमा यस भिडियोमा शान्ती  र प्रिन्स बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । प्रनव सुनार निर्माता रहेको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । 

भिडियो लिंक