बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सिम्पल खरेलको ‘जहाँ तिमी अनि म’ सार्वजनिक

आइतबार, पुष २४ २०७९

काठमाडौं- लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टीकटक स्टार सिम्पल खरेलको सुमधुर स्वरमासजिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत लोकप्रिय संगीतकार टिका दाहालको रहेको छ । यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् । 
म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छिन् । भिडियोमा हरि हुमागाईको  छायाँकन र सम्पादन रहेको छ।  गायिका खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो । खरेलकै आधिकारिक च्यानल ’सिम्पल खरेल’ मार्फत  भिडियो सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ । 

भिडियो लिंक