मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

शनिबार, पुष २३ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

वर्तमान कांग्रेस संसदीयदलको पहिलो बैठक आज बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ ।

बैठकमा संसद्मा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिनेरनदिनेलगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् । त्यसअघि मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसले छलफल गर्न लागेको हो ।

प्रचण्ड नेतृत्वकोको विकल्पमा समेत कांग्रेस भित्र छलफल चलेको समाचार बाहिरिएका थिए । वर्तमान सत्ता गठबन्धनलाई फुटाउने अनेकन उपायबारे यतिबेला कांग्रेसको एक पक्ष क्रियाशिल रहेको चर्चा छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीमा अफर गर्नेदेखि सरकारलाई समर्थन गरेका जसपा र माधव नेपाल नेतृत्वको समाजवादीसँग पनि कांग्रेसले छलफल चलाउनुबाट त्यो प्रष्ट हुन्छ ।

संसदीय दलको बैठक अघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका थिए ।

सभापति देउवा निवासमा भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।