काठमाडौं- गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकि सके’ सार्वजनिक भएको छ । सरगम राईको शव्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो । केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
भिडियो लिंक