बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

फिफा विश्वकप : आज प्रि क्वाटरफाइनलका दुई खेल हुँदै

सोमबार, मंसिर १९ २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि क्वाटरफाइनलका २ खेल हुँदैछन् ।

पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिष्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे शुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् ।

जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । 

अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिष्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ ।

आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।