बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विश्वकप फुटबलः कोस्टारिकासँग जापान १–० ले पराजित

सोमबार, मंसिर १२ २०७९

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ।

आइतबार कतारको अहमद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले हराएको हो।

केयशेर फुलेरले खेलको ८१ औँ मिनेटमा गोल गर्दै कोस्टारिकाको जित सुनिश्चित गरेका हुन्।

खेलमा जापानले गोलका लागि केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। पहिलो खेलमा जर्मनीलाई हराएर शानदार सुरुवात गरेको जापान दोस्रो खेलमा भने पराजित हुन पुग्यो।

कोस्टारिका भने पहिलो खेलमा स्पेनसँग ७–० गोल पराजित भएको थियो।