बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रचना रिमालको स्वरमा रहेको ‘यस्तै रहेछ जीन्दगी’ मा राजु अधिकारीको उत्कृष्ट अभिनय 

बुधबार, कार्तिक ३० २०७९

लोकप्रिय गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘यस्तै रहेछ जीन्दगी’ सार्वजनिक भएको छ । शिशिर भण्डारीको शब्द संगीत, पुस्कर सुनुवारको एरेञ्ज र नरेश बिबिसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सन्तोष राजवाहकको निर्देशनमा रहेको गीतको भिडियोमा शिशिर भण्डारी,मन्दिरा ढुङ्गना,दिपेन्द्र सोनाम,राजु अधिकारी,सागर गौतम र अश्विनी शाहीको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन प्रविन भट्टले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । राजु अधिकारीको यो पहिलो अभिनय रहेको  भिडियो हो । राजु भन्छन मेरो पहिलो अनुभब एकदमै राम्रो भयो किनकि राम्रो टिम संग काम गर्न पाउदा म खुशी छु ।