मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

शुक्रबार, कार्तिक ४ २०७९

काठमाडौँ : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि आज उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।