मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, असोज १४ २०७९

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय ७ पिसिआर परीक्षणका क्रममा २५ जना र १ हजार ३ सय ७१ एन्टीजेन परीक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ७० जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ७७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।