बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हिना शुक्ला बनिन् मिसेस् नेपाल पिस

मंगलबार, असोज ११ २०७९

काठमाडौं ।  ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शिर्ष उपाधि चुमेकी हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा रीमा खड्का ‘फष्ट रनर अप’, सुबिना शाक्य ‘सेकेन्ड रनर अप’, सीमा सराफ ‘थर्ड रनर अप’ र रेशमा पुरी ‘फोर्थ रनर अप’ घोषित भए ।

एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेशनको ब्यवस्थापन रहेको प्रतियोगितामा विधागततर्फ अञ्जु ढुंगाना ‘पब्लिक च्वाईस’, बिनिता प्रधान ‘भिवर्स च्वाईस’, हिरादेवी श्रेष्ठ ‘मिसेस् ट्यालेन्ट’, सबी ह्यौमिखा ‘म्यानेजमेन्ट च्वाइस’, संगीना ताम्राकार ‘बेस्ट ड्रेस’ र ‘बेस्ट पिस प्रोजेक्ट’, अनिशा सुवेदी ‘बेस्ट वाक’, सपना श्रेष्ठ ‘बेस्ट स्माइल’, अञ्जु न्यौपाने ‘मिसेस् कञ्जीनालिटी’, मनीषा रेग्मी ‘मिसेस् कन्फिडेन्ट’ र रीमा खड्का ‘बेष्ट पर्सनालीटी’ चुनिए ।

अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधिसमेत प्रदान गरिएको प्रतियोगीतामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा  निर्णायक रहेका थिए ।

प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हरेक खालका हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गरेको आयोजकको विश्वास छ ।