मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

फिलिपिन्समा कोरोनाबाट ३८ जनाको मृत्यु

मंगलबार, भाद्र २८ २०७९

एजेन्सी : फिलिपिन्समा सोमबार दुई हजार ३८ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०८,२९५ पुगेको छ ।

स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २५,२६२ मा झरेको छ । थप ३८ बिरामीहरू सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ ।

साथै सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२,३४२ पुगेको छ ।