शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्रभु बैंक र गैरआवासीय नेपाली संघबिच सम्झौंता

बिहिबार, साउन १९ २०७९

काठमाडौँ : प्रभु बैंक र गैर आवासीय नेपाली संघ (एनआरएन) बिच सम्झौैंता भएको छ । बैंकका अनुसार विदेशी मुद्रामा खाता खोल्ने र अन्य बैंकिङ सेवाका लागि एनआरएनसंग सम्झौंता भएको हो । 

सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैर आवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका छन् । बैंकले ’मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौं’ नाराका साथ विदेशी मुद्रामा बचत तथा मुद्दति खाता खोल्न सकिने जनाएको छ । बैंकका अनुसार खाता अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्युनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपयुक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सकिने छ । 

खातामा नेपाल राष्ट्र बैंकको नीतिको अधिनमा रहि विदेशबाटै बैंकिङ्ग प्रणलीबाट मात्र रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ। खातामा नगद रकम जम्मा गर्न नपाइने बैंकले जनाएको छ । बैंकका अनुसार जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमा नै फिर्ता लैजानु परेमा जम्मा गरेकै मुद्रामा सोही देशमा निक्षेपकर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाउन पाइने छ । बैंकका अनुसार तर यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिने छ । प्रमुख कार्यकारी  शेरचनले गैर आवासीय नेपाली र विदेशमा काम गरिरहेका नेपालीलाई बैंकले सबै सेवा दिने प्रतिवद्धता जनाएका छन् ।