काठमाडौ माघ ५
नेप्से आज शुन्य दसमलव ८१ अंकले घटेर १४ सय दसमलव ६८ अंकमा झरेको छ । सेन्सिटिभ पनि शुन्य दसमलव १५ अंकले घटेर तीन सय १७ दसमलव १९ अंकमा झरेको छ । एक सय ३३ कम्पनीहरुको तीन हजार एक सय १६ वटा कारोवारमा १२ लाख १७ हजार छ सय १९ वटा कित्ता सेयर खरिद बिक्री हुंदा ३० करोड ९४ लाख २७ हजार पाँच सय ३० रुपैयाँ कारोवार भएको छ ।
आज बिकास बैक र बीमा समुहको कारोवार बढेको छ भने बाँकी समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक ६६ दसमलव ७१ अंकले बढेर छ हजार आठ सय चार दसमलव १९ अंकमा कायम रहेकोमा चार करोड ९३ लाख २० हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक छ दसमलव छ अंकले बढेर १५ सय १४ दसमलव ५८ अंकमा सिमित रहेकोमा चार करोड दुई लाख ३८ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक भने सो दिन तीन दसमलव ५८ अंकले घटेर १४ सय दसमलव ६८ अंकमा सिमित रहेकोमा १७ करोड ५१ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी होटल समुहको सुचक २२ दसमलव ६२ अंकले घटेर १८ सय ५७ दसमलव ९५ अंकमा सिमित रहेकोमा तीन लाख २६ हजार ७५ रुपैयाँको सेयर किनबेच भएको छ ।
फाईनान्स, जलबिद्युत, उत्पादनमुलक र अन्य समुहको सुचक पनि आज घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ जनउत्थान सामुदायिक लघुबित्त १८६० ८.०८
२ तिनाउ बिकास बैक ३६३ ७.७२
३ कालिका माईक्रो क्रेडिट १८६५ ५.८४
४ महिला सहयात्रा बित्तीय संस्था ७०९ ५.८२
५ साँग्रिला डेभलपमेन्ट बैक ३५२ ४.७६
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ हिमालयन डिष्ट्रलरी प्रालि ६७५ १०
२ खानी खोला हाईड्रो पावर २९२ ९.८७
३ सेती फाईनान्स १९० ८.२१
४ ग्रिन डेभलपमेन्ट बैक ५८० ६.७५
५ लक्ष्मी लघुबित्त बित्तीय संस्था १०८७ ५.०६