शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जागिर लगाइदिने भन्दै लहानका उपमेयरले एक महिलालाई जवर्जस्ती गरेको आरोप

शुक्रबार, साउन ६ २०७९

लहान । सिरहाको लहान नगरपालिकाका उपमेयर राम रामचलितर महतोले कार्यकक्षमै बोलाएर एक महिलालाई बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो बिरुद्ध उजुरी परेको हो । उनका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिनेछ ।

उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

गत जेठ महिनाको घटनालाई लिएर दुई दिन अगाडि मात्र दर्ता भएको हो । 

पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित उपमेयर महतो सम्पर्क विहिन बनेका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।