काठमाडौं । आज संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।
आजको बैठकबाट पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको रिपोर्टिङ लेख्न शुरु गरिनेछ । छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्माको बयान लिएर सकिएको छ ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।
यसैबीच छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको कार्यावधि थप गरिएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सो समितिको कार्यावधि ७ दिन थप गर्न सहमती दिएको हो । समितिबाट आएको म्याद थपबारे बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सहमती दिन प्रस्ताव गरेका थिए। त्यसलाई बैठकले स्वीकार गरेको हो ।
पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।