बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

समृद्धि फाइनान्सले ल्यायो पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

शनिबार, असार १८ २०७९

काठमाडौँ : समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्घति निक्षेपको योजना अन्र्तगत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले नौं वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा र १८ वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।

यस निक्षेप योजना को लक्षित ग्राहकहरु, विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीद्र्यकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहकहरू र विदेशमा काम गर्ने व्यक्तिहरुले आफ्ना छोराछोरीहरूको भविष्यको शिक्षाको लागि पैसा जम्मा गर्न चाहने ग्राहकहरूलाई पनि आकर्षित गर्नु रहेको फाईनान्सले जानकारी दिएको छ । न्यूनतम ५० हजार रुपैंयाँ देखि नै खाता खोल्न सकिने रसमृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन सक्ने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।