पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले रूटिन अफ नेपाल बन्द प्रयोग गरेर चुनाव जितेको टिप्पणी गरेकी छन्।
सोमबार पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
उनले भनिन्, ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा न एउटा गुण पहिचान गरी नेता बनेका हुन्, बालेन साहको रूटिन अफ नेपाल बन्दको प्रयोग गरे। म अहिले खुलेर त भन्न चाहन्न तर उहाँले कतिमा हायर गर्नुभयो ? उहाँले त्यसैलाई परिचालन गर्नुभयो।’
‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजमा ३३ लाख बढी फलोअर्स छन्।
पछिल्लो समय पेसा छाडेर राजनीतिमा आउने क्रम बढेको भन्दै दीर्घकालीन हिसाबले बहुदलीय व्यवस्था नै उपयुक्त हुने राणाको भनाइ थियो ।