बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भूकम्पपछि न्युजिल्याण्डमा उद्धारकार्य तीव्र

सोमबार, कार्तिक २९ २०७३

अकल्याण्ड, कात्तिक २९ । न्युजिल्याण्डमा आइतबार गएका दुई शक्तिशाली भूकम्पपछि सरकार उद्धारकार्य तीव्र बनाएको छ । आइतबार न्युजिल्याण्डको दक्षिण टापुमा एक शक्तिशाली भूकम्प गएको एक घण्टापछि छ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । 

न्युजिल्याण्डमा सुरुमा गएको सात दशमलव ५ म्यग्निच्युडको भूकम्पमा परी दुई जनाको मृत्यु भएको थियो भने सुनामी आउने चेतावनी दिइएको थियो । 

भूकम्पपछि न्युजिल्याण्डको सरकारले उद्धारकार्य जारी रहेको जानकारी दिएको छ । न्युजिल्याण्डमा गएको शक्तिशाली भूकम्पको उद्गम बिन्दु जमिनमुनि १० किलोमिटर तल रहेको बताइएको छ  ।

भूकम्पको कारण न्युजिल्याण्डका संरचनाहरु भत्किएका छन् भने ऊर्जाको संकट भएको छ भने खानेपानीको आपूर्ति पनि बन्द भएको छ । 

साथै पराकम्पनहरु पनि आइरहेको कारण न्युजिल्याण्डमा त्रास फैलिएको बताइएको छ । एजेन्सी