बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पपुवा न्युगिनीविरुद्ध नेपालको शानदार दोस्रो जित

बुधबार, चैत्र ९ २०७८

काठमाडौँ l आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई सात विकेटले पराजित गरेको छ । 

दुबई क्रिकेट रंगशालामा १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । 

नेपालको जितमा आरिफ शेखले ५९ अर्धशतकिय योगदान गरे । 

रोहित पौडेलले ४४ रन जोडे । 

पीएनजीका चाल्र्स अमिनीले दुई विकेट लिए । काबुआ मोरेले १ विकेट हात पारे । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो । 

पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे । 

लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए । 

नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे । 

करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए ।