बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सामलिङ्ग पावरले डाक्यो साधारण सभा, के छ तयारी ?

बुधबार, चैत्र २ २०७८

काठमाडौँ l सामलिङ्ग पावर कम्पनी लिमिटेडले मिति २०७८ साल चैत्र २१ गते सोमबार तेश्रो वार्षिक साधारण सभा डाकेको छ। सभा बिहान ११:०० बजे कार्की व्याङ्केट, बबरमहल, काठमाडौंमा हुने भएको छ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत्र ०७ गते शेयर दाखिल खारेज बन्द (बुक्क्लोज) गर्ने भएको छ। कम्पनीले साधारण सभामा लाभांश प्रस्ताव भने समावेश गरेको छैन।

सामलिङ्ग पावरको साधारण सभामा समवेश गरिएका बिशेष प्रस्तावमा कम्पनीको संचालक समितिको कायम संख्या ११ बाट घटाएर ०७ बनाउने, नियमावलीको नियम १७ मा आवश्यक संशोधन गर्ने, उल्लेख गरिएका संशोधनका बिषयमा कुनै फेरबदल गर्नुपरे सो अख्तियारी संचालक समितिलाई दिने जस्ता विविध बिषयहरु रहेका छन्।