बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पहिलो दिन नै नेप्से राताम्मै, कतिको भयो कारोबार ?

सोमबार, फाल्गुन ९ २०७८

काठमाडौँ l साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से राताम्मै देखिएको छ ।

आज नेप्से ३९ दसमलव चार अंकले घटेर २६ सय ९३ दसमलव १० अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ९९ अंकले घटेर पाँँच सय १३ दसमलव ६४ अंकमा पुगेको छ ।

दुई सय ३० वटा कम्पनीहरुको ५७ हजार चार पटकको कारोवारमा ७१ लाख २२ हजार दुई सय ९९ कित्ता शेयर खरिद किनबेच भएका छन् भने कारोवार रकम चार अर्ब आठ करोड ६४ लाख ७४ हजार आठ सय २८ रुपैयाँ पुगेको छ।

१३ वटा समुहको कारोवार हुंदा अन्य समुहको सुचक बढेर बाँकी १२ वटा समुहहरुको सुचक घटेका छन्। ति मध्ये वाणिज्य बैंक समुहको सुचक २५ दसमलव ७५ अंकले घटेर १७ सय २० दसमलव १८ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ४६ दसमलव ८२ अंकले घटेर २२ सय ६८ दसमलव १३ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ८० दसमलव ७५ अंकले घटेर १२ हजार एक सय ७० दसमलव २२ अंकमा पुग्दा जलविद्युत, विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुक पनि उच्च अंकले घटेका छन्। 

नेप्सेमा बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा जीवन विकास लघुबित्त वित्तीय संस्था परेको छ ।