बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१६ अंकले घट्यो नेप्से कमाउने भन्दा गुमाउने समुह धेरै

मंगलबार, माघ २५ २०७८

काठमाडौँ l नेप्से घटेको छ । आज मंगलबार नेप्से १६ दसमलव तीन अंकले घटेर २८ सय ३५ दसमलव ५८ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दसमलव ८२ अंकले घटेर पाँच सय ३२ दसमलव ४९ अंकमा झरेको छ । आज दुई सय ३० वटा कम्पनीहरुको ७१ हजार तीन सय ४० पटकको कारोवारमा एक करोड २० लाख ५३ हजार सात सय ५१ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम छ अर्ब २८ करोड ७२ लाख १७ हजार नौ सय ८५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहले गुमाएकाछन भने पाँच वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ४७ अंकले घटेर १८ सय पाँच दसमलव ६५ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय ६८ दसमलव ५४ अंकले घटेर १५ हजार छ सय ३८ दसलव ५८ अंकमा झरेको छ ।

बिकास बैंक, जलबिद्युत, फाईनान्स, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन । निर्जिवन बीमा समुहको सुचक भने ५६ दसमलव २२ अंकले बढेर १३ हजार दुई सय २५ दसमलव १२ अंकमा पुग्दा होटल तथा पर्यटन, , टे«डिङ, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भने लिर्वर्टी इर्नर्जी कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।