गोरखा l गोरखा जिल्लाको गण्डकी गाउँपालिका ७ स्थित चेपाङ बस्तीमा अति विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठन जनप्रगतिशिल मञ्च युकेको आर्थिक सहयोगमा शिव आधारभूत विद्यालयमा अध्ययनरत ११४ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरेको ञ्चका सचिब कान्छा राम बुढाथोकीले बताए ।
बुढाथोकी भने ‘वेलायतमा रहेको नेकपा माओवादी केन्द्र निकट निकट प्रवासी संगठन जनप्रगतिशिल मञ्च युकेको सहयोगमा गोरखाको चेपाङ बस्तीमा रहेका विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । न्यानो कपडा पाएसँगै चेपाङ बालबालिका खुसी भएका छन् । साँझ–बिहान हातमुख जोर्न धौधौ पर्ने यी परिवार कहीँ कतैबाट राहत आएमा मात्रै खुसीको सास फेर्छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रेग्मिको सभापतित्वमा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेको प्रमुख आतिथ्यता तथा जनप्रगतिशिल मञ्च युकेका उपाध्यक्ष नविन स्याङतान, रेखा लोप्चन तथा धर्मराज रेग्मीको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं व्यवस्थापन समितिका अध्यक्ष रेग्मिले अहिलेको युगमा शिक्षा मानिसको जीवनमा पर्याय बन्दै गएको र शिक्षालाई क्षणिक लाभका रुपमा भन्दापनि दीर्घकालीन महत्वको विषय बनाउनु पर्नेमा जोड दिएका छन् l
यस न्यानो कपडा वितरणका लागि मञ्चले एक अभियाननै संचालन गरेर आर्थिक सहायता जुटाएको थियो । जसमा ७०३ पाउण्डस्टलिङ डलर रकम संकलन भएको र उक्त रकमले न्यानो कपडा वितरण कार्यक्रम गरिएको सचिव बुढाथोकीले जानकारी दिए ।
बिनय बुढाथोकी–१०१, मानबहादुर गुरूङ–५१, नबिन स्याङतान–५०, तुल छन्त्याल–५०, सुरेश गौतम–३६, राजमणि राई–३०, हरी पौडेल–३०, बिमला लिम्बु–३०, ललित परियार–३०, बिपिन गुरूङ–२५, जीत गिरी–२५, कपिल श्रेष्ठ–२५, ए थापा मगर–२५, सुरेन्द्र श्रेष्ठ–२५, बिष्णु चालिसे–२५, रण बहादुर खाति क्षेत्री–२५, राजेन्द्र गुरुङ २१, फुल प्रसाद कंडेल–२०, इश्वर रिजाल–२०, बिर बलाल–२०, कर्मा पहाडी शेर्पा–२०, माया के सि–१५, गंगा गुरूङ–१५, कृष्ण खनाल–१० र महेश देवकोटाले १० पाउण्ड सहयोग गरेको जनाउदै मञ्चले सहयोगी सबैलाई आभार प्रकट गरेको छ ।
