काठमाडौँ l शेयर कारोवार रकम यो साता घटेको छ । नेप्से यो साता चार दिन मात्र खुल्ला रहेकोमा दुई कार्य दिन नेप्से घटेपनि दुई कार्य दिन नेप्से बढेको थियो भने चौथो दिन नेप्से बन्द रहेको थियो । सोही आधारमा यो साता कारोवार रकम गत साताको तुलनामा घटेको हो । जसअनुसार नेप्से यो साता २८ सय ७६ दसमलव ७४ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच सय ३९ दसमलव ६५ अंकमा पुगेको छ ।
दुई सय ३१ वटा कम्पनीहरुको तीन लाख ४० हजार छ सय ७० पटकको कारोवारमा पाँच करोड दुई लाख नौ हजार चार सय १९ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम २६ अर्ब ६६ करोड ५४ लाख ६८ हजार दुई सय १७ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा कम हो ।
गत साता भने दुई सय ३३ वटा कम्पनीहरुको तीन लाख ८५ हजार ५३ पटकको कारोवारमा पाँच करोड ७५ लाख ८६ हजार छ सय ९२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार आठ सय चार रुपैयाँ पुगेको थियो । यो साता नेप्से पहिलो र तेस्रो दिन नेप्से बढेको थियो भने दोस्रो र पाँचौ दिन घटेको थियो ।
जसअनुसार पहिलो दिन नेप्से एक सय पाँच दसमलव ५५ अंकले बढेर दुई हजार आठ सय ८५ दसमलव ५३ अंकमा पुग्दा सेन्सिटिभ पनि १९ दसमलव ८१ अंंकले बढेर पाँच सय ३८ दसमलव ५३ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से १३ दसमलव ४८ अंकले घटेर दुई हजार आठ सय ७२ दसमलव पाँच अंकमा झर्दा सेन्सिटिभ भने शुन्य दसमलव ३९ अंंकले बढेर पाँच सय ३८ दसमलव ९३ अंकमा पुगेको थियो ।
त्रोस्रो दिन भने नेप्से १९ दसमलव २९ अंकले बढेर दुई हजार आठ सय ९१ दसमलव ३३ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ९८ अंंकले बढेर पाँच सय ४२ दसमलव ९० अंकमा पुगेको थियो । चौथो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो । पाँचौ दिन भने नेप्से १४ दसमलव छ अंकले घटेर दुई हजार आठ सय ७६ दसमलव ७४ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव २५ अंंकले ओरालो लागेर पाँच सय ३९ दसमलव ६५ अंकमा पुगेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा एनआईसी एशिया बैंक, नबिल, बैंक, नेशनल हाईड्रो पावर कम्पनी आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन ।
दैनिक शेयर कारोवार तालिका 