बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

शेयर बजार १९ अङ्कले बढ्याे, साढे ६ अर्ब रुपैयाँकाे काराेबार

बुधबार, माघ १९ २०७८

नौ वटा समुहले कमाउँदा चार वटा समुहले गुमाए

काठमाडौँ l नेप्से सुचक तथा कारोवार रकम दुबै बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने १९ दसमलव २६ अंकले बढेर २८ सय ९१ दसमलव ३० अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ९८ अंकले बढेर पाँच सय ४२ दसमलव ९० अंकमा चढेको छ ।

दुई सय २३ वटा कम्पनीहरुको ८० हजार आठ सय २९ पटकको कारोवारमा एक करोड २१ लाख ६७ हजार छ सय पाँच कित्ता शेयर किनबेच भएका छन् भने कारोवार रकम छ अर्ब ५७ करोड ४८ लाख ४२ हजार चार सय १८ रुपैयाँ पुगेको छ ।  
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा नौ वटा समुहले कमाएका छन् भने चार वटा समुहले गुमाएका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दसमलव २४ अंकले बढेर १८ सय ४१ दसमलव चार अंकमा पुगेको छ भने जलविद्युत समुहको सुचक पनि एक सय नौ दसमलव ९४ अंकले बढेर ३५ सय २० दसमलव ३४ अंकमा पुगेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ९१ दसमलव ८६ अंकले बढेर १३ हजार दुई सय दुई दसमलव ५५ अंकमा पुग्दा विकास बैंक, फाईनान्स, लघुवित्त, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् । जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र उत्पादनमुलक समुहहरुको सुचक भने आज घटेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेशनल हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।