बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेकाे इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा, नगद र बोनस कति ?

सोमबार, माघ ३ २०७८

काठमाडौँ – नेको ईन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष ०७७/७८ शेयरधनीहरुलाई १५% बोनस शेयर र ०.७९% नगद लाभांश (कर प्रायोजनार्थ) गरी कुल १५.७९% लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको आज मिति २०७८ माघ ३ गते बिहान ८ बजे बसेको संचालक समितिको ४१७औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१ अर्ब ३१ करोड ७४ लाख ३२ हजारको १५% अर्थात रु.१९ करोड ७६ लाख १४ हजार ८ सय बराबरको बोनस तथा ०.७९% अर्थात रु.१ करोड ४ लाख ०७ हजार ७ सय १२.८० बराबरको नगद लाभांश (कर प्रायोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।