बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा २०.६४ अंकको वृद्धि, कारोबार रकम भने घट्यो

सोमबार, माघ ३ २०७८

काठमाडौँ – नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेको छ । आज सोमबार नेप्से २० दसमलव ६४ अंकले बढेर २९ सय ४७ दसमलव ३८ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ७० अंकले बढेर पाँच सय ४६ दसमलव ३३ अंकमा चढेको छ ।

दुई सय २४ वटा कम्पनीहरुको ९६ हजार चार सय आठ पटकको कारोवारमा एक करोड ४४ लाख ७४ हजार सात सय १३ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम सात अर्ब ९० करोड १८ लाख ९० हजार छ सय ६८ रुपैयाँ चार पैसा पुगेको छ ।  

आज १३ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहले गुमाएकाछन भने बाँकी समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ४६ अंकले बढेर १९ सय दुई दसमलव ५६ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक ५५ दसमलव ९४ अंकले बढेर तीन हजार पाँच सय २४ दसमलव २८ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि ८० दसमलव २७ अंकले बढेर १६ हजार छ सय १३ दसमलव ४२ अंकमा पुग्दा निर्जिवन बीम, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन ।

विकास बैंक समुहको सुचक भने आज २३ दसमलव ३३ अंकले घटेर पाँच हचार तीन सय दसमलव ८२ अंकमा झर्दा फाईनान्स, लगानी, लघुवित्त र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मध्येभोटेकोशी जलविद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी बैंकको ऋणपत्र २०८५ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमाा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।