काठमाडौँ l यो साता शेयर कारोवार रकम गत साताको तुलनामा बढेको छ । नेप्से यो साता पाँच दिन नै खुल्ला रहेकोमा चौथो दिन बाहेक बाँकी दिनहरुमा नेप्से लगातार बढेको थियो।
सोही आधारमा यो साता नेप्से सुचक संगै कारोवार रकम पनि गत साताको भन्दा बढेको हो । यो साता नेप्से २८ सय ५७ दसमलव ७५ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच सय ३० दसमलव ८३ अंकमा पुगेको छ ।
दुई सय ३९ वटा कम्पनीहरुको चार लाख चार हजार पाँच सय ६९ पटकको कारोवारमा छ करोड ९२ लाख ९८ हजार पाँच सय ७२ कित्ता सेयर खरिद बिक्री हुदा यो साता कुल कारोवार रकम ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार एक सय ३३ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा बढी हो ।
गत साता भने नेप्सेमा दुई सय ४० वटा कम्पनीहरुको दुई लाख ६९ हजार सात सय ३८ पटकको कारोवारमा चार करोड १३ लाख ७२ हजार पाँच सय ५६ कित्ता सेयर खरिद बिक्री हुदा कुल कारोवार रकम २१ अर्ब २७ करोड ८७ लाख १२ हजार छ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्से पाँच दिन नै खुल्ला रहेको थियो । सो मध्ये चौथो दिन नेप्से घटेको थियो भने बाँकी दिनहरुमा लगाातार नेप्से बढेको थियो ।

सो सध्ये पहिलो दिन आईतबार नेप्से ७३ दसमलव एक अंकले बढेर दुई हजार सात सय ६५ दसमलव ४७ अंकमा पुग्दा सेन्सिटिभ पनि १३ दसमलव २१ अंंकले बढेर पाँच सय १९ दसमलव ३७ अंकमा पुगेको थियो ।
दोस्रो दिन पनि नेप्से १९ दसमलव ४३ अंकले बढेर दुई हजार सात सय ८४ दसमलव ९५ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव १६ अंंकले बढेर पाँच सय २२ दसमलव ५३ अंकमा पुगेको थियो ।
त्रेस्रो दिन पनि नेप्से ४९ दसमलव १९ अंकले बढेर दुई हजार आठ सय ३४ दसमलव १३ अंकमा पुगेको थियो भने सेन्सिटिभ छ दसमलव ३४ अंंकले बढेर पाँच सय २८ दसमलव ८७ अंकमा पुगेको थियो ।
चौथो दिन भने नेप्से ३० दसमलव ५१ अंकले घटेर दुई हजार आठ सय तीन दसमलव ६२ अंकमा झरेको थियो सेन्सिटिभ पनि सात दसमलव चार अंंकले घटेर पाँच सय २१ दसमलव ८३ अंकमा पुगेको थियो ।
पाँचौ दिन भने नेप्से ५४ दसमलव १२ अंकले बढेर दुई हजार आठ सय ५७ दसमलव ७५ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ९४ अंंकले बढेर पाँच सय ३० दसमलव ८३ अंकमा चढेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बंगलादेश बैंक, नबिल बैंक, मञ्जुश्री फाईनान्स आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा भने नबिल बैंक, नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।