बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

भिजिट भीसामा जानेले अब १५ सय डलर सम्म लैजान पाउने

बुधबार, पुष १४ २०७८

काठमाडौँ l भ्रमणमा जाने नेपाली नागरिकले १५ सय डलर सम्म लैजान पाउने भएका छन्। नेपाल राष्ट्र बैंक, बैंकिङ विभाग लगायत सम्पुर्ण प्रदेशस्थित कार्यालय, वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरु समेतको नाउँमा बुधबार परिपत्र जारी गर्दे राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । 

परिपत्र अनुसार भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर १५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही दिन सकिने तर यस्तो सटही सुविधा एक बर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिने छ, परिपत्रमा भनिएको छ । राहदानी बापतको सटही सुविधा लिंदा फारम भर्नुपर्ने र सटही सुविधा उपलब्ध गराउँदा श्रोतको स्वघोषणा लिनु पर्ने छ ।

राहदानी बापातको सटही सुबिधा उपलब्ध गराउँदा संभव भएसम्म राहदानी बहाक स्वंम उपस्थित हुनुपर्ने छ । मैले यस राहदानी वापत सटही लिएको एक महिनाभित्र उदे्श्य बमोजिम यात्रा नगरेमा सो विदेशी मुद्रा बैंकमा दाखिला गर्ने छु ।

साथै यस पटकको विदेश भ्रमणको लागि तोकिएको सिमा भन्दा बढी हुने गरी राहदानी बापतको सटही सुविधा अन्य कुनै पनि संस्थाबाट नलिएको र सटही वापतको रकम वैध श्रोतबाट प्राप्त भएको व्यहोरा समेत अनुरोध गर्दछु । झुठा विवरण पेस गरी सटही लिएको ठहरेमा प्रचलित ऐन कानुन बमोजिम सजाँयको भागिदार म स्वंम हुुने छु,, भनि करारनामा गर्नुपर्ने छ ।