बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज सेयर बजार समान्य बढ्यो, मध्य भोटेकोशीको सबै भन्दा उच्च

बुधबार, पुष १४ २०७८

काठमाडौं ।  आज सेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से  पाँच दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुग्यो । 

 व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको सेयर घटे पनि अरू समूहको शेयर सामान्य बढेको छ । 

यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता सेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र नेपाल बङ्गलादेश बैंकको सेयर ९ प्रतिशतले बढेको छ । नारायणी विकास बैंकको सेयर भने झन्डै साढे तीन प्रतिशतले घटेको छ ।