बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा हरियाली : ९२ अंकले बढ्दा चार अर्ब ५२ करोडको सेयर किनबेच

बुधबार, पुष ७ २०७८

काठमाडौँ l नेप्सेमा पुरै हरियाली देखिएको छ । साताको चौथो कारोवार दिन आज बुधबार नेप्से ९२ दसमलव १६ अंकले बढेर २५ सय सात दसमलव ७० अंकमा पुग्दा सेन्सिटिभ पनि १४ दसमलव ७४ अंकले बढेर चार सय ७७ दसमलव २६ अंकमा पुगेको छ । दुई सय ३३ वटा कम्पनीहरुको ५५ हजार नौ सय ९७ पटकको कारोवारमा ८१ लाख चार हजार तीन सय १९ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार एक सय ४३ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहहरुको कारोवार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ  । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३७ दसमलव १४ अंकले बढेर १७ सय १२ दसमलव ७० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय ६२ दसमलव ६६ अंकले बढेर २८ सय ५९ दसमलव ७० अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ७४ दसमलव छ अंकले बढेर २१ सय ९९ दसमलव ३१ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि आज हिमालयन डिष्ट्रिलरी प्राली नै पहिलो स्थानमा परेको छ ।