काठमाडौं । विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द गरिएको छ । आजकालागि त्यहाबाट हुने सबै उडान रद्द गरिएका छन् ।
अहिले पनि वर्षा जारी रहेकाले रनवे र हवाई कार्यालय भित्र पानी पस्दा सो क्षेत्र पोखरी बनेको छ । पानीको बहाव बढेसँगै आसपासका सबै क्षेत्र डुबानमा परेका छन् ।
पानी पर्ने क्रम नरोकिएसम्म विमान स्थल संचालन गर्न नसकिने कार्यालयले जनाएको छ । केसलीया खोलामा आएको बाढी पस्दा विराटनगर विमानस्थलको रनवे, पार्किङ लगायतका ठाउँ डुबानमा परेका हुन् ।
खराब मौसमका कारण हिजो एकै दिन एक सय वटा आन्तरिक उडान रद्ध भएका थिए ।