मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सोमबार, कार्तिक १ २०७८

संखुवासभा l धर्मदेवी नगरपालिका–१ तिनजुरेस्थित सडकमा अन टेस्ट लेखिएको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक तेह्रथुम लालिगुराँस नगरपालिका–१ घुर्मुसे बस्ने ३७ वर्षीय रमेश दाहालको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।