काठमाडौं । धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा रोकिएका छन् ।
बयासी वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका आठ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरेर विश्व कीर्र्तितमान कायम गरिसकेका छन् ।
धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोस दुई दशकयता ११औँ पटक आरोहण गर्दा पनि धौलागिरिको शिखरमा पुग्न सकेका छैनन् ।
यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् ।