बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इजरायलमा केयरगिभरका लागि १ हजार ६ सय जना सिफारिस (सूचीसहित)

आइतबार, असोज १० २०७८

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ ।

विभागले आइतबार बिहान इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो ।

विभागले भाषा परीक्षा उर्तीण गरी अन्तरवार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको हो । इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ ।

त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् ।

1-10.jpg2-9.jpg3-4.jpg4-3.jpg5-2.jpg6.jpg7.jpg8.jpg9.jpg10-1.jpg11-1.jpg12.jpg13.jpg