बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दसैंकालागि अग्रिम टिकट बुकिङ्ग आगामी सोमबारबाट , अबरुद्ध राजमार्ग तत्काल मर्मत गर्नु पर्ने सर्त

शुक्रबार, असोज ८ २०७८

काठमाडौं । दशैं मनाउन काठमाडौंबाट बाहिरिनेहरुका लागि आउँदो ११ गते सोमबारदेखि लामोदूरीका गाडीको टिकट बुकिङ खुल्ने भएको छ ।  यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँग आज हुने  छलफलपछि, यातायात व्यवस्था विभागले आगामी ११ गतेदेखि लामो दूरीको टिकट बुकिङ खुलाउने निर्णय गर्न लागेको हो ।

यातायात व्यवसायीले, वर्षाले गर्दा  बिग्रेका सडक मर्मत गरेर मात्रै दशैंको अग्रिम टिकट खोल्नुपर्ने अडान राख्दै आएका छन् । सडक मर्मतको विषयमा आज प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफल हुने यातायात व्यवसायीले बताएका छन् ।

सरकारले अवरुद्ध भएका राजमार्ग तत्काल खुलाउने निर्णय गरे आफुहरु अग्रिम बुकिङ खोल्न तयार  भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।