काठमाडौं । कोभिड–१९ महामारीका कारण स्थगित पर्वतीय उडान, माउन्टेन फ्लाइट नियमीत हुने भएको छ। कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले आगामी शनिबारदेखि, पर्वतीय उडान सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् ।
सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडानका लागि निजी विमान कम्पनी बुद्ध एयरले नौ हजार ९९९ मा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरेको छ ।
यती एयरलाइन्सले आठ हजार ८४८ मा दुई वटा टिकट बिक्री जनाएको छ ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक घण्टाको पर्वतीय उडान हुन्छ।