काठमाडौं, भाद्र १९ । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापालाई नियुक्त गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसअघि चार वर्षे कोषको कोषाध्यक्षका रुपमा काम गरेका थापाले शुक्रबार नै पदबहाली गरिसकेका छन् ।
कोषाध्यक्ष हुँदा पशुपति क्षेत्रको सम्पत्ति एवं जग्गा छानबिन गरी अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान दिएका थापाले यसअघि गर्न नसकेका कामलाई पुरा गर्ने बताएका छन् ।