सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

विभिन्न धनमाल चोरी 

शनिबार, जेष्ठ २९ २०७८

ललितपुर महानगरपालिका–२९ हरिसिद्धी चोकस्थित धनकुटा पाख्रीबास घर भएका २९ वर्षीय बर्दान बिकले संचालन गर्दै आएको सुनचाँदी पसलबाट करिब २ लाख ६४ हजार रुपैयाँ बराबरका विभिन्न गहनाहरू शुक्रबार चोरी भएको छ । अपरिचित व्यक्तिहरुले सटरको ताल्चा फोडेर उक्त गहनाहरू चोरी गरेको भन्ने बुझिएको छ । 
चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।