बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

‘द भ्वाइस अफ नेपाल शो’ओप्पोको हिमालया टीभी एचडीसँग सहकार्य

शुक्रबार, माघ २ २०७७

काठमाडौँ–ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसंग सहकार्यको घोषणा गरेको छ। ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो।

बिहीबार कम्पनीले विज्ञप्ती जारी गर्दै सो सहकार्यको जानकारी दिएको हो।

अन्तरराष्ट्रिय फ्राइन्चाइज्ड सिंगिङ रियालिटी शो “ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल(३” ले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने छ । नेपाली कला उद्योगकै लागि एक कोशे ढुङगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै व्यवसायिक गायन क्षेत्रमा आफ्नो नाम समेत लेखाइ सकेका छन् ।

‘ब्राण्डका रुपमा ओपोले सँधै यूवा माथि आफ्नो ध्यान केन्द्रित गर्दै तिनलाई सृजनात्मकरुपमा आफुमा निहित प्रतिभाको प्रस्तुति दिन प्रेरित गरिरहन्छ । कला, रचनात्मक अभिब्यक्ति र मनोरञ्जन उद्योग यूवा पुस्ताको रुचिको विषय हो। तिनको रुचिसंग मेल खाएको लोकप्रिय कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को अभिन्न अंगका रुपमा सहकार्य गर्न पाउनु हाम्रालागि खुशीको विषय हो’, ओपो नेपालका मार्केटिङ हेड, पियरसन शेनले भने ।

‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल(३’ ले यूवा प्रतिभामा निहित गायन कलालाई लाखौँ(करोडौँ पारखी तथा दर्शकहरु माझ प्रस्तुत गर्न उल्लेख्य मात्रामा सघाउने विश्वास गरिएको छ ।

देशभर छरिएर बसेका यूवा प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्न तथा निखार्न यो प्ल्याटफर्मले उल्लेख्य मात्रामा सहयोग गरेको र गरिरहने आयोजकको भनाइ छ । साथै, तिनले मनोरञ्जन उद्योगमा आफ्नो स्थान सुनिश्चित पार्न समेत सघाव मिल्नेमा दूई मत नरहेको आयोजकले जनाएको छ।